दिल्लीको तापक्रम ४५ डिग्री आसपासमा

नयाँ आवाज
७ जेठ २०८१ १३:५२

राजधानी नयाँ दिल्लीलगायत उत्तरी भारतमा यो साता तापक्रम ४५ डिग्री सेल्सियससहित ‘हिट वेभ’बाट प्रभावित भइरहेको छ । आइतबार दिल्लीको नाजफगढ जिल्लामा यसपालिको सबैभन्दा बढी ४७ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । मौसम विभागका अनुसार यो क्रम यस हप्ताभरी नै जारी हुने सम्भावना रहेको छ ।

भारतमा मार्चदेखि सेप्टेम्बर महिनासम्मलाई गर्मी मौसमका रूपमा मानिन्छ । शनिबार दिल्ली आसपासका १० स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसको हाराहारीमा थियो । सोमबार र मंगलबार दिल्ली आसपासमा ४५ देखि ४६ डिग्री सेल्सियसको तापक्रम रहने जनाइएको छ । केही दिनमा पश्चिमी र मध्य भारतमा पनि हिट वेभ फैलिने मौसम पूर्वानुमान गरिएको छ ।



प्रतिक्रिया

धेरै पढिएको