गोरखाकी उषाले सुनधारामा ट्याक्सीबाटै चोरिन सुनको सिक्री

नयाँ आवाज
२२ जेठ २०८१ १०:४९

काठमाडौंको सुनधारामा ट्याक्सीबाटै सुनको सिक्री चोर्ने महिलासहित तीनजना पक्राउ परेका छन् । सुन चोर्ने महिला र त्यसलाई खरिद गर्ने दुई पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौं कपुरधारा बस्दै आएकी २८ वर्षीया उषा विष्ट,सर्लाही घर भई काठमाडौं तारकेश्वर बस्दै आएका रामहरि खड्का र सर्लाही घर भई चाबहिल बस्दै आएका ३७ वर्षीय शंकर चौधरी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उषाले सुन लुटेर ल्याएकी थिइन भने अन्य दुई जनाले किनेका थिए ।

उषाले एकै ट्याक्सीमा सवार कविराज नेपालीले घाटीमा लगाएको सुनको सिक्री चोरेर फरार भएकी थिइन् । उनीहरूको साथबाट सुनको सिक्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

धेरै पढिएको