भाडामा दिएका सामुदायिक विद्यालयका १७५ सटरमा महानगरको ताला

नयाँ आवाज
२९ जेठ २०८१ ११:३५

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

तीमध्ये चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए । यस्तै, बाँकी सञ्चालकले नै बन्द गरेका हुन् ।

विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन्, जहाँ रेष्टुरेण्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ ।

यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।

विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहरामा ताला लगाएका हुन् ।



प्रतिक्रिया

धेरै पढिएको