सरकारले लिएको लक्ष्य अनुसार काम हुने हो भने १ जनवरी २०२६ (१७ पुस २०८२) देखि नागढुंगा सुरुङमार्ग हुँदै सर्वसाधारणले यात्रा गर्न पाउने छन् । सोही लक्ष्य अनुसार काम अन्तिम चरणमा पुगेको छ ।
बिज्ञापन
तर, धादिङतर्फको प्रवेशद्वारमै रहेको पहिरोको चुनौती भने अझै समस्या बनिरहेको नागढुंगा सुरुङ आयोजना प्रमुख सौजन्य नेपाल बताउँछन् ।‘यो बीचमा मनसुनले पनि काममा अवरोध गर्यो,’ उनी भन्छन्, ‘जहाँ अहिले पहिरो रोकथामको काम भइरहेको छ, त्यहाँ एक मिटर जमिन धस्सिएर बसेको पाइएको छ, यसको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने भएको छ ।’
बिज्ञापन
नागढुंगा सुरुङ सार्वधारणका लागि खुला गर्नुअघि नै यो पहिरो रोकथाममा काम गरिने छ । लक्ष्य अनुसार सुरुङ सञ्चालनमा ल्याउन सकिन्छ वा सकिन्न भन्नेमा सोही कामले निर्भर गर्ने उनको भनाइ छ ।
अहिले जमिन भास्सिएको स्थानमा दीर्घकालीन रोकथामको काम नगरे आगामी मनसुन वा ठूलो वर्षात भएको दिन इन्ट्री/एक्जिट द्वारमा नै जोखिम हुने देखिएको छ । त्यहाँ टोल प्लाजा रहन्छ ।




