बाइकले ठक्कर दिँदा ३६ वर्षीय गिरीको मृत्यु

नयाँ आवाज
१७ पुष २०८० १४:३६

मोटरसाइकलको ठक्करबाट घाइते भएका युवाको मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का ३६ वर्षीय सङ्गम प्रकाश गिरीको उपचारको क्रममा सोमबार राती कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

गिरीलाई चौरजहारी नगरपालिका-१ मा सोमबार बेलुका कर्णाली प्रदेश ०२-००-१ प ९०७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि चौरजहारी अस्पतालमा लिइएका गिरीको अवस्था गम्भीर भएपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लिइएको थियो । कोहलपुरमा उपचारको क्रममा गिरीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक चौरजहारी नगरपालिका वडा नम्बर १० निवासी विनोद ओलीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको