जेठ ६ गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित

नयाँ आवाज
४ जेठ २०८१ १४:५१

सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो । बैठकमा काँग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे ।

उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । उनले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरूसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

 



प्रतिक्रिया

धेरै पढिएको