कांग्रेसलाई एमालेको प्रश्न- यो कस्तो खालको लोकतान्त्रिक अभ्यास गर्दै हुनुहुन्छ ?

नयाँ आवाज
७ जेठ २०८१ १३:१३

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूरा कार्यकाल चल्ने दाबी गरेका छन् । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा भाग लिँदै उनले सबैलाई विश्वासको मत दिन आग्रह गरे ।

उनले भने, ‘जनताबाट निर्वाचित भएको प्रधानमन्त्री विश्वासको मत लिन अगाडि बढ्दा पनि सदन अवरोध गर्ने यो कस्तो खालको लोकतन्त्रको अभ्यास हो ? यस्तो काम नगर्न म आग्रह गर्छु, कांग्रेसका सांसदहरुलाई आग्रह गर्छु तपाईंहरुले वेल घेराउ गरिराख्नुभएको छ, तपाईंहरुले जसरी पनि यस्तै दृष्य थियो । तर, तपाईंहरुले विश्वासको मत दिनुभएको छ । त्यो यात्रालाई पछ्याउन म आग्रह गर्छु ।’



प्रतिक्रिया

धेरै पढिएको