कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

नयाँ आवाज
७ जेठ २०८१ १३:१६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच उनले विश्वासको मत लिएका हुन् ।

उनको पक्षमा १५७ मत पर्‍यो भने उनको विपक्षमा सुन्य मत  पर्‍यो । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।



प्रतिक्रिया

धेरै पढिएको