कांग्रेसको बिरोधकाबीच धन्यवादको प्रश्ताव पारित

नयाँ आवाज
८ जेठ २०८१ १३:४४

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेश गरेका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरुको बिरोधका बीच प्रधानमन्त्री दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका हुन् । सो क्रममा काँग्रेस सांसदहरुले संसदमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए ।

काँग्रेसको बिरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा २०७९ नियम ३७ को उपनियम २ बमोजिम धन्यवाद प्रश्ताव प्रश्तुत गर्दै धन्यवादको प्रश्तावलाई निर्णयार्थ संसदमा प्रश्तुत गरे ।

धन्यवादको प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गरे ।



प्रतिक्रिया

धेरै पढिएको