राष्ट्रिय सभामा कांग्रेसको अवरोध कायमै : राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

नयाँ आवाज
८ जेठ २०८१ १७:०१

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधि सभा बैठकमा पेस गरेका थिए ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्ष दलहरूको विरोधका बीच संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनमा धन्यवाद प्रस्ताव पारित भएको हो । कांग्रेसको विरोधका बीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको व्यहोरा सभासमक्ष जानकारी गराए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गरे । राष्ट्रिय सभाको अर्को बैठक जेठ ११ गते शुक्रबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।



प्रतिक्रिया

धेरै पढिएको