अल्किना वम ‘बबिता

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ अल्किना वम ‘बबिता’ को पहिलो पुस्तक ‘जुनकीरी हराएको रात’ बुधबार विमोचन भएको छ। यस अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेमसंघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा पुस्तक लोकार्पण गर्नुभएको हो।

बिज्ञापन

क्रान्तिकारी नेतृका रूपमा परिचित बबिता हाल कालिकोट जिल्ला, पचालझरना गाउँपालिकाको उपाध्यक्ष पनि हुन्। २०५६ सालमा माओवादी जनयुद्धमा भूमिगत प्रवेश गरेकी बबिता, २०५८ मा जिल्ला समिति सदस्य र २०६० मा सेति–महाकाली क्षेत्रीय ब्युरो सदस्य बनेकी थिइन्। वर्तमानमा उनी नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालय सदस्यको रूपमा कार्यरत छिन्।

बिज्ञापन

उनको पुस्तकमा जनयुद्धका चुनौतीपूर्ण अनुभव, तत्कालीन शाही सैनिक तथा हाकिमबाट भोगिएका यातना र गणतन्त्रले ल्याएको परिवर्तनको तुलना समेटिएको छ। यसले केवल व्यक्तिगत संघर्षको कथा नभई नेपालको माओवादी विद्रोह र सामाजिक परिवर्तनको जीवित दस्तावेजको रूपमा महत्व राख्दछ।

पुस्तक विमोचनपछि बबिताले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनिन्: ‘पुस्तक केवल पुस्तक मात्र थिएन, सपना थियो। आज यही सपना ‘जुनकीरी हराएको रात’ बजारमा ल्याएर उभिएकी छु। यसको लोकार्पण प्रचण्डज्यूको हातबाट हुनु मेरो लागि ठूलो सौभाग्य हो।’

बिज्ञापन

बबिताले पुस्तकमार्फत समाजका शोषित र उत्पीडित वर्गको आवाज अझ प्रभावकारी बनाउन चाहेको पनि बताएकी छन्। विमोचन कार्यक्रममा उपस्थित अतिथिहरूले पुस्तकको ऐतिहासिक, सामाजिक र राजनीतिक महत्वको प्रशंसा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

नयाँ आवाज
लेखक
नयाँ आवाज
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page