आगामी आवको बजेट सिलिङ १८ खर्ब तोकियो

नयाँ आवाज
४ फागुन २०८० ११:१३

४ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।

‘खर्चको संशोधित अनुमान घट्नु बजेट कटौती होइन’

चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए ।

पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।

सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गर्दै समाचार छापेपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको मन्त्री महतले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको