५ लाख रुपैयाँसहित वीरगन्जमा भारतीय नागरिक पक्राउ

नयाँ आवाज
५ चैत २०८० १०:५१

वीरगन्ज — सशस्त्र प्रहरी पर्साले सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ आइरहेका एक भारतीय नागरिकलाई ५ लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्यका अनुसार वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै चेकजाँच गर्ने क्रममा रक्सौलतर्फबाट पैदल वीरगन्ज आइरहेका यात्रुलाई चेकजाँच गर्दा पाँच लाख रुपैयाँ बरामद भएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले मूख्य नाकामा चेकजाँच गर्दा भारत विहारको पूर्वी चम्पारण रक्सौल निवासी २४ वर्षीय उमेश कुमार यादवको साथबाट नेपाली रुपैयाँ बरामद भएको हो ।

आवश्यक कारवाहीका पैसासहित व्यक्तिलाई वीरगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीका एसपी कर्माचार्यले जनाए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको