राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नयाँ आवाज
२९ फागुन २०८० १६:३९

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको बताए । उनले सरकारलाई सबै सांसदहरुले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्वीप जारी गर्नुभएको बताए ।

उनले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भूमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताए । प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा विश्वस्त रहेको परियारको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको