सन्दीपको फिटनेस टेस्ट लिइने, विश्वकपमा समावेश गर्न क्यानले माग्यो आईसीसीको अनुमति

नयाँ आवाज
३ जेठ २०८१ ११:५०

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टी २० विश्वकपमा लैजान पहल सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बतायो ।

आईसीसीले दिएको डेडलाइनमा नेपालले १५ सदस्यीय टीम घोषणा गरिसकेको छ । सो टीम अमेरिका प्रस्थान गरेर अहिले अभ्यास म्याचहरू खेलिरहेको छ । सन्दीप भने जिल्ला अदालतबाट दोषी ठहर भएपश्चात् क्यानको निलम्बनमा थिए । समयमै फैसला आएपछि उनी पनि विश्वकपमा सहभागी हुन सक्ने बाटो खुलेको हो ।

क्यानले सन्दीपलाई विश्वकपमा सहभागी गराउनका लागि आईसीसीबाट अनुमति लिनुपर्ने हुन्छ । विश्वकप खेल्ने कुनै पनि टिमले २५ मे सम्म आफ्नो टिममा फेरबदल गर्न पाउँछन् । त्यसैले प्राविधिक कठिनाइ छैन । सन्दीपको मुद्दा फैसला प्रक्रियामा जानासाथै क्यानले उनलाई विश्वकपमा खेलाउनका लागि आफ्नो तयारी गरिरहेको थियो ।



प्रतिक्रिया

धेरै पढिएको