गौशाला सडककिनार अतिक्रमण गरी बनाएका संरचनाहरू भत्काइयो

नयाँ आवाज
६ जेठ २०८१ १६:०४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।

आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो । गौशाला चोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरू भत्काएको महानगरपालिकाले बताएको छ ।

महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरू भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरीत बनाएका महानगरपालिका भित्रका संरचनाहरू भत्काउँदै आएको छ ।



प्रतिक्रिया

धेरै पढिएको